१७ बैशाख २०८१, सोमबार

मलाई हराउन चीनले ‘जे पनि गर्न सक्छ सक्छ’ : ट्रम्प

donald trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक चीनमाथि आरोप लगाएका छन् । समाचार एजेन्सी रोयटर्सलाई बुधबार दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘चीन चाहँदैन कि म दोस्रो पटक राष्ट्रपति बनुँ ।’

चीनले कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई जसरी लिइरहेको छ, त्यो नै प्रमाण भएको ट्रम्पले बताए । आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा चीनले आफूलाई रोक्न जे पनि गर्न सक्ने ट्रम्पले आरोप लगाए ।

कोरोना भाइरसको महामारीका लागि ट्रम्पले लगातार चीनमाथि आरोप लगाउँदै आइरहेका छन् । अमेरिकामा कोरोना भाइरसको कारण ६० हजारभन्दा धेरैको ज्यान गइसकेको छ । यसका साथै अर्थव्यवस्था पनि नराम्रोसँग प्रभावित भएको छ र बेरोजगारी पनि ऐतिहासिक रुपमा लगातार बढिरहेको छ ।

कोरोना भाइरसबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको भन्दै ट्रम्पले यसलाई गम्भीर रुपमा नलिएको भन्दै उनीमाथि प्रश्न उठिरहेको छ । ट्रम्पले भाइरसको गम्भीरतालाई नसम्झिएको र चाँडोभन्दा चाँडो सक्रिय नभएको बताइएको छ ।

कोरोना भाइरसलाई लिएर चीन अझै सक्रिय हुनुपर्ने ट्रम्पको भनाइ छ । यसो गरेको भए विश्वले यसको गम्भीरता चाँडै बुझ्ने ट्रम्पको ठम्याइ छ । के ट्रम्प कोरोना भाइरसलाई लिएर चीनमाथि कर लगाउँछन् रु यसको जवाफमा उनले भने, ‘धेरै कुरा छन्, जो म गर्न सक्छु ।’

‘हामी के हुन्छ भनेर हेरिरहेका छौँ । चिनियाँ अधिकारी लगातार आफ्नो छवि सुधार्ने कोसिस गरिरहेका छन्, जसको माध्यमबाट आफूलाई निर्दोष देखाउन सकियोस् । यसको लागि पीआरको सहारा लिइरहेको छ । चीन मलाई रोक्न जे पनि गर्न सक्छ, जसका कारण म राष्ट्रपति दौडबाट बाहिरिउँ । चीन डेमोक्रेटिक पार्टीका जो वाइडन राष्ट्रपति बनुन् भन्ने चाहन्छ’, ट्रम्पले भने ।

पछिल्ला दिनमा कोरोना भाइरसको महामारीलाई लिएर अमेरिका र चीनबीच वाकयुद्ध चलिरहेको छ । यसअघि ट्रम्प कोरोनालाई चिनियाँ भाइरस भन्ने गर्थे र चीनले आपत्ति जनाउँदै आएको थियो ।