२० बैशाख २०८१, बिहीबार

लामो समयदेखि देखिएको असन्तुष्टि उत्कर्षमा कांग्रेसभित्र: सामूहिक राजीनामा र वागी उमेद्वारी दिनेको लर्को

congress meeting
फाइल फोटो

स्थानीय तह निर्वाचनका लागि उमेद्धारी मनोनयन दर्तासँगै कांग्रेसभित्रको विद्रोह अझै बढेको छ । पद्धतीको कुरा गरेर प्रजातन्त्रको हुंकार पिट्ने पार्टीले आफ्नै घर मिलाउन नसक्दा बढ्दै गएको निराशाका असरहरु देखा पर्न थालेको हो ।

जसको प्रभाव आशालाग्दा नेतामा समेत पर्न थालेको छ । स्थानीय तह निर्वाचनका लागि उमेद्धार मनोनयको अन्तिम दिन सोमबार । दिनभरमात्र नभएर राती अबेरसम्म खटे कांग्रेस नेता गुरुराज घिमिरे । निकै रस्साकस्सी पछि उमेद्धारको टुङ्गो लागेर मनोयनमा पुगेका उनीहरुका लागि दुई दिनको धपेडी वर्णन गरी साध्य थिएन ।

यहि धपेडिबाट बल्ल विश्राम पाएर देशभरबाट कांग्रेसको उमेद्धार हेर्दा घिमिरेलाई विरक्त नै लाग्यो । यसअघि प्रदेश १ सभापतीमा पनि गुटको कोपभाजनमा परेर २ मतले पराजित उनलाई उमेद्धारका अनुहारले निराश बनायो ।

सिद्धान्तको राजनीति गर्ने र अरु भन्दा असल छवीका मानिएका उनले यहि निराशा पोखे सामाजिक सन्जाल ट्वीटरमा । विहान ७ बजेर ४३ मिनेटमा ट्वीट गरेका उनले लेखेका छन – सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ ।

स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु । स्थानीय तहमा देशभरी उम्मेदवार बन्नु भएका साथीहरूलाई बिजयको शुभकामना छ ! पार्टीभित्रको निति विचार र सिद्धान्तमा स्खलन आएपछि यस्तो निर्णयमा पुगेको घिमिरेको भनाई छ ।

उनको यो अभिव्यक्तीले यतिवेला कांग्रेसभित्र तरङ आएको छ । प्रधानमन्त्री र सरकारको यात्रा सहज पार्न गठबन्धनलाई बोकेर हिडेका सभापती शेरबहादुर देउवा आफ्नै पार्टी भित्रको फरक मतलाई भने पेलिरहेका छन ।

केन्द्रीय सदस्य मनोनयबाटै डा.शेखर कोईराला पक्षलाई पेलेका उनले उमेद्धार छनौटका लागि गठित संसदीय समितिमा समेत कोईरालाई समेटेनन । यतिमात्र हैन आफ्नो भागमा परेको हिस्सामा समेत गुट र अनुहार हेरेर टिकट वितरण भएको छ ।

अग्रमनका लागि बनेको भनिएको गठबन्धनभित्रका दलहरुका उमेद्धारहरु हेर्दा कोहि कसैका छोरा छन भने कोहि कसैका वुहारी श्रीमती र कोहि कसैका छोरी छन ।

राजनीतिक रुपमा उनीहरुको योगदान रहेपनि आफ्नो भागमा परेको सानो हिस्सामा पनि नातावादको छाँया परेपछि कांग्रेसभित्रका सिद्धान्तको राजनीति गर्ने नेता कार्यकर्तामा निराशा देखिएको हो । यसैको प्रतिक्रिया स्वरुप पोखरामा कांग्रेस नेता ऋषि सापकोटाले गठबन्धनकोविरुद्ध बागी उम्मेदवारी दिएका छन ।

ललितपुरमा उपमेयरमा सुविन कुमार शाक्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यता वरिष्ठ नेता रामचन्द्र पौडेलकै जिल्ला तनँहुमा पनि कांग्रेसबाट वागी उमेद्धारी दिने र सामुहिक राजिनामा दिनेको संख्या उल्लेख्य छ । भने विभिन्न ठाँउमा आफ्नै नेतामाथि आक्रमणको स्थिती समेत सिर्जना भएको छ । जसको व्यवस्थापन कांग्रेसलाई चुनौती बन्दै गएको छ ।

फरक मत राख्दै आएकाहरुले पार्टी संगठनका लागि लामो समयदेखि काम गरिरहेकाहरूलाई अन्याय हुने गरी पैसा र गुटको शक्तिका आधारमा कांग्रेसले उम्मेदवार चयन गरेको आरोप लगाएका छन ।

फलत लामो समयदेखि देखिएको असन्तुष्टि उमेद्धारी चयनले उत्कर्षमा पुगेको छ । यहि कारण वागी उमेद्धारलाई सम्झाउने तर्फ नेताहरु व्यस्त देखिएका छन । सकेसम्म उमेद्धारी फिर्ताको दिनसम्म यसको व्यवस्थापन गर्ने उनीहरुको तयारी वीच यो प्रयास निर्वाचनको अघिल्लो दिनसम्म जारी राख्ने बताएका छन ।