१५ बैशाख २०८१, शनिबार

प्रचण्डलाई गाली गर्ने रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ

Deepak Pathak Jhapa

नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा पत्रकार दिपक पाठक पक्राउ परेका छन्।

केही दिनदेखि लगातार फेसबुकमा प्रचण्डलाई गाली गरको विषयमा उजुरी परेपछि उनलाई प्रहरीले घरैबाट पक्राउ गरेको हो। उनीमाथि साइबर क्राइमको अभियोग छ। पाठक रेडियो नेपालको बोर्ड सदस्य समेत हुन।

अध्यक्ष प्रचण्डका तर्फबाट प्रेस सल्लाहकार विष्णु सापकोटाले छानवीन र कारवाहीका लागि प्रेस काउन्सिलमा केही दिन अघि उजुरी दायर गरेका थिए। काउन्सिलले छानवीनपछि कारवाहीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्राचार समेत गरेको थियो।

मन्त्रालयले पाठकलाई यो विषयमा स्पष्टीकरण समेत सोधेको थियो।

दीपकले फेसबुकमै प्रचण्डलाई यसरी लेखेका थिए

‘म जस्ता धेरैले समर्थन गरेका पार्टीमा परिस्थिती जन्य कारणले कार्यकारी अध्यक्षको हैसियतमा पुगेका अत्यन्त महत्वकांक्षी मनुवाको यो स्तरको बुद्दिलाइ मैले भने आश्चर्यको रुपमा लिएको छैन । बरु मैले यतिबेला रोमन सम्राट निरोलाई सम्झी रहेको छु जो सुन्दर शहर रोम जलाएर आफू बार्दलीमा बसेर बासुरी बजाउथे ।’ अप्रिल १८ को फेसबुक स्टाटस ।

‘अमेरिका विल गेटस आफ्नो लगनशीलताले विश्वका एक नम्बर धनी भएको भनिन्छ । नेपालका प्रचण्डले चाँही “किल गेट्स”(मारेर हत्याउ) को सिद्धान्त बोकेर एशियाकै धनी बनेका छन् । उनको अकुत सम्पत्तिमा न त एक सुको लगानी परेको छ, न एक मिनेटको श्रम । क्रान्तिका नाममा जनताको रगत र शान्तिको नाममा आफ्नो आत्मा बेचेर धन जोड र राजनीतिलाई ठगीको विद्यामा अनुवाद गरेर महान् बन भन्ने विचार नै प्रचण्डपथ हो ।’ – अप्रिल १० को स्टाटस ।

‘प्रचण्ड नेपालको अपराध दुनियाँका देवता बनेका छन् । समाजको आज जुन स्तरमा अपराधीकरण भएको छ, यो उनकै देन हो । उनले क्रान्तिका नाममा राजनीतिको अपराधीकरणलाई उत्कर्षमा पु¥याए । पैसाका लागि शैक्षिक, औद्योगिक, व्यापारिक प्रतिष्ठानहरुलाई अपराधी र गुण्डाहरुको थलोको रुपमा परिणत गर्ने श्रेय पनि उनैलाई जान्छ । युद्ध वा शान्तिका नाममा लुटेको पैसालाई सेतो बनाउन देशको कृषियोग्य जमिनको माफियाकरण गरेर चौपट बनाउने सिद्धान्तका प्रणेता पनि उनै हुन् । नेपालमा अपवादका रुपमा सुनिने गरेको चन्दन तस्करीले उनकै शासनकालमा विश्व हल्लायो । नक्कली लडाकुको नाममा पैसा खान देखी सक्कली लडाकुलाई पिटेर उनीहरुको चेक लुट्ने सम्मका अपराधमा लम्पट भएका पात्र हुन् यँहाका पेटपाला विद्वानहरुका “राजनेता” ।’– अप्रिल ७ को स्टाटस ।

‘प्रचण्ड त्यस्तो चारित्रिक पात्र हो, जसको विश्वासघातलाई दुनियाँको कुनै पनि घटनासँग तुलना गर्न सँकिदैन । उनका पेटमा अहिले २० हजार मानव कंकाल छन् । ती कंकालका मुक्तिका लागि भनी निलिएको थियो । जसले सिंगो देश र उत्पीडित वर्ग समुदाको स्वतन्त्रताको लागी आफ्ना सन्ततीहरु प्रचण्डको बलिवेदीमा चढाउन मन्जुर गरेका थिए, ती नेपालीहरु आज उनको बन्धक बनेका छन् भने उनी चाहिँ “नयाँ नेपाल” का ऐयासी शासक’ – अप्रिल ६ को स्टाटस ।

    सम्बन्धित समाचार...