१५ चैत्र २०८०, बिहीबार

लकडाउनमा पर्यटन बोर्डको “झ्यालबाट देखिने फोटो” प्रतियाेगिता, १० हजार रुपैयाँ पुरस्कार

Nepal Tourism Board

लकडाउनमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा सान्दर्भिक तस्बिर अनलाइनबाट पठाउन सकिनेछ । सहभागीले आगामी जेठ १८ गतेसम्म फोटो पठाइसक्नुपर्नेछ । नेपाल पर्यटन बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ ।

प्रतियोगितामा उत्कृष्ट पाँच सहभागीले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । बोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर धनञ्जय रेग्मीले फोटो प्रतियोगिताले नेपालको कुनाकाप्चामा खिचिएको फोटो प्रदर्शनी गर्ने, छलफल गर्ने र फोटोमार्फत देशको पर्यटन प्रवर्द्धन गर्ने साझा अभियानलाई अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

बोर्डले पाँच वर्षदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटो नेपाल फोटो प्रदर्शनी गर्दै आएको थियो । फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको थियो । यस अभियानलाई अझ व्यापक बनाउन फोटो नेपाल डट ट्राभल सुरु गरिएको हो ।

अहिले यसमा दुई हजार बढी सदस्यका २० हजार फोटो सङ्ग्रहित रहेको बोर्डले जनाएको छ । इच्छुक कोहीले प्रतियोगितामा सोसियल एकाउन्टबाट रजिस्ट्रर गरीे सहभागी हुन सक्ने छन् ।