
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)लाई सहयोग नगर्ने बताएका छन् ।
भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टीले कांग्रेसबाटै मेयरको उम्मेदवार बनाउन संस्थागत सिफारिस गर्ने बताए ।
“भरतपुरमा हामी माओवादी बोक्न सक्दैनौँ, बोक्दैनौँ । चितवनमा गठबन्धन चाहिँदैन, हामीले एकल रुपमा जित्छौँ । यसमा हामी पार्टी सभापतिलाई ‘कन्भिन्स’ गर्छौँ,” उनले भने ।
खनालले नेपाली कांग्रेसको सोच, स्वभाव गठबन्धनमुखी नभएको बताउँदै विगतमा भएको गठबन्धन पनि प्रभावकारी नभएको दाबी गरे ।
अघिल्लो चुनावमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’की छोरी रेणु मेयर भएकी थिइन् ।