
नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएपछि अहिले नयाँ बानेश्वरमा भइरहेको विरोध प्रदर्शनमा नेता श्रेष्ठ पनि सहभागी भएका हुन् ।
माओवादीनिकट भ्रातृ संगठनसहितले बानेश्वरमा गरिरहेको विरोध प्रदर्शनमा नेता श्रेष्ठ सहभागी भएका हुन् । माओवादीले संशोधनपछि मात्र एमसीसी अनुमोदन गर्नुपर्ने बताएको छ ।