६ बैशाख २०८१, बिहीबार

विपक्षमा उभिने माओवादी केन्द्रको निर्णय

devprasad gurung
फाइल फोटो

नेकपा माओवादी केन्द्रले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले यथास्थितिमा एमसीसी परियोजना पास गर्न नसकिने निष्कर्ष निकालेको हो।

माओवादीका प्रमुख सचेतक देव गुरुङले एमसीसीमा रहेका असमान प्रावधानहरु संशोधन नगरी पास गर्न नसकिने निर्णय भएको जानकारी दिनु भयो ।

माओवादी बैठकले जबरजस्ती एमसीसी प्रस्ताव अघि बढाए सत्तारुढ गठबन्धन तोडिने चेतावनीसमेत दिएको छ ।