११ बैशाख २०८१, मंगलवार

अब बन्ने सरकारको नेतृत्वमा पुष्पकमल दाहालको दावी रहन्छ : महासचिव गुरुङ

devprasad gurung
फाइल फोटो

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अब बन्ने सरकारको नेतृत्वमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको दावी रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा महासचिव गुरुङले अहिलेको व्यवस्थाको प्रस्तावक रहेकाले अव बन्ने सरकारको नेतृत्वमा दाहालको दावी रहेको बताउनुभयो । माओवादी विचारले मुलुकलाई नेतृत्व गरेको र त्यसको नेता हुनुको नाताले प्रचण्डको नेतृत्वमा सरकार हुनु स्वभाविक हुने गुरुङको दाबी छ।

उहाँले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सम्भव नहुने धारणा राख्नुभयो ।

मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने उहाँको भनाइ छ ।

यो व्यवस्था र प्रणाली रहुन्जेल मुलुकको नेतृत्व राजनीतिक दलहरुले नै गर्नुको विकल्प नरहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले राजनीतिक दलहरुभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा आफ्नो दल र गठबन्धनभित्र कहीँकतै पनि नउठेको दाबी गर्नुभयो ।