२१ बैशाख २०८२, आईतवार

नेपाली कलाकार माग्यो बलिउड फिल्म ‘गोरखा’ले

Akshay Kumar

भारतीय सेनाको गोरखा रेजिमेन्ट पाँचौ गोरखा राइफल्सका एक महान् अफिसर मेजर जनर इयान कार्डोजोको जीवनमा आधारित रहेको फिल्म ‘गोरखा’ले अडिसन आह्वान गरेको छ ।

बलिउड अभिनेता अक्षयकुमारले निर्माण गर्ने फिल्मका लागि निर्माण टिमले नेपालबाट पुरुष र महिला अभिनेता छान्न लागेको हो ।

अक्षयकुमार र ‘अतरंगी रे’ निर्देशक तथा लेखक आनन्द एल राय र हिमांशु शर्माले निर्माण गर्न लागेको फिल्मले २५ जना पुरुष र एक जना महिला अडिसनबाट लिन लागेको हो ।

ईच्छुक कलाकारले फ्रेब्रुअरी ५ सम्ममा आफ्नो परिचय दिने भिडियो पठाउनु पर्ने सूचनामा उल्लेख छ । यस्तो भिडियो एचडी क्वालिटीको हुनुपर्ने र अडिसनमा २० देखि ३० वर्ष भित्रका महिला र पुरुषले आवदेन दिन सक्ने जनाइएको छ ।

मेजर जनरल इयान कार्डोजो युद्धका क्रममा अपाङ्ग भएर पनि बटालियनको नेतृत्व गर्ने पहिलो भारतीय सैनिक थिए । अक्षयले अभिनय गर्ने लागेका पात्र मेजर जनरल इयान कार्डोजोले सन् १९७१ को युद्धको बेला ग्यान्ग्रिन क्षेत्रको सुरक्षाका लागि आफ्नै खुट्टा काटिदिएका थिए। अक्षयकुमारले नै यिनै इयानको जीवनलाई पर्दामा उतार्नेछन् । फिल्मलाई सञ्जय पुरनसिंह चौहानले निर्देशन गर्नेछन् ।

gorkha