२५ बैशाख २०८१, मंगलवार

गल्ती स्वीकार्दै सिरान टेक्नोलोजिजले माफी माग्यो

shiran technologies

काठमाडौं प्रेस डटकमले बुधबार सिरान टेक्नोलोजिजको डेभलपरले अनलाइन न्यूज पोर्टलको सिस्टमभित्रै घुसेर आफ्नो सञ्चालकविरूद्धको समाचार हटाइदिएको भन्दै आपत्ति जनाएको थियो। सिरान टेक्नोलोजिज ‘काठमाडौं प्रेस’ को साइट डेभलपर हो।

समाचार डिलिट गरिएको प्रकरणमा काठमाडौंप्रेस डटकमको साइट डेभलपर कम्पनी सिरान टेक्नोलोजिज प्रालिले गल्ती स्वीकार्दै क्षमायाचना गरेको छ।