१८ बैशाख २०८१, मंगलवार

आज देशका थोरै ठाउँमा आंशिक बदलीको सम्भावना

weather aajko mausam

आज देशका थोरै ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले आज प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थाजमा हल्का हिमपात पनि हुने सम्भावना छ ।

यसकै प्रभावले अहिले पनि देशका धेरै ठाउँको मौसम आशिंक बदली भएको उहाँले जानकारी दिनुभयो । भोलिदेखि मौसम क्रमिक रुपमा खुल्दै जाने तर पूर्ण रुपमा भने खुल्न समय लाग्ने मौसमविद् मानन्धरले बताउनुभयो ।