
पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।
मंगलबार समर्थकहरुसहित सिंहदरबारको मूलगेट अगाडि पुगेका शाहले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेका हुन् । सो क्रममा समर्थकहरुले राजतन्त्रको पक्षमा नारा समेत लगाएका थिए ।
त्यस्तै, उनीहरुले ‘हाम्रो राजा हाम्रो देश, चाहियो चाहियो राजा चाहियो, गणतन्त्र मुर्दावाद, यो व्यवस्था चाहिँदैन’ लगायत नारा लगाएका थिए । पूर्व राजा पुग्दा भिड नियन्त्रण समस्या देखिएको थियो ।
