२३ बैशाख २०८२, मंगलवार

३३ किलो सुन तस्करी प्रकरणः ‘गोरे’का भाइ विमानस्थलबाट पक्राउ

goreko bhai M1udUfTqYR
फाइल फोटो

३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का भाइ पक्राउ परेका छन् । मंगलबार दिउँसो दुवईबाट एयर अरेबियाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका रमेश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो ।

२०७४ माघमा चूडामणि उप्रेती ‘गोरे’ को समुहले दुबईबाट ल्याएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट बाहिरिएको थियो । विमानस्थलबाट पास गरेपछि हराएको ३३ किलो सुन लुकाएको आरोपमा तस्कर समूहले यातना दिएर सनम शाक्यको हत्या गरेका थिए । घटनाबारे सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति बनाएर गृह मन्त्रालयले छानविन गरेको थियो ।

रमेश नेपाल फर्किँदै गरेको भन्ने प्रहरीले सूचना पाएको थियो। त्यसपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरीले नियन्त्रणमा लिएको हो।

269858525 1744234642433767 5783075265817281004 n oJpKTw7N5Q
रमेश उप्रेती, ‘गोरे’का भाइ

मोरङ उर्लाबारी नगरपालिका-७ घर भएका उप्रेती ३३ किलो सुन तस्करी गरेको बाहिरिएपछि दुबई बस्दै आएका थिए। ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट पास गरेपछि हराएको भन्दै सनम शाक्यको हत्या गरेका गोरेलाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत मोरङको उक्त आदेशमा उनी अहिले कारागारमा छन्।

छानविन प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय मोरङले ‘गोरे’का दाजुभाइसहित ६३ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतबाट सो मुद्दा फैसला भैसकेको छ ।

उक्त सुन फेला नपर्दा पक्राउ परेका अभियुक्तहरू धरौटीमा रिहा हुन थालेपछि फरार रहेका व्यक्तिहरू पनि नेपाल फर्किन थालेको स्रोतले बताएको छ। 

पक्राउ परेका उप्रेतीमाथि भने हाल अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।