१४ बैशाख २०८१, शुक्रबार

धरान छुट्टै विशेषता बोकेको सहर: प्रधानमन्त्री देउवा

deuba 09 20 1024x474 1

प्रधानमन्त्री शेरबहादुर देउवाले धरान आफ्नै पहिचान र छुट्टै विशिष्टता भएको सहर भएको बताउनुभएको छ ।

आज धरान सहर १२१ औँ वर्ष पुगेको अवसरमा धरान उपमहानगरपालिकाले आयोजना गरेको ‘धरान दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रम देउवाले शिक्षा, स्वास्थ्य तथा धार्मिक क्षेत्रमा धरानको आफ्नै पहिचान भएको बताउनुभयो ।

आफ्नै विशिष्टताका कारण धरानले आफ्नो १२१ औँ उत्सव मनाउन पाएको भन्दै उहाँले धरानको समग्र विकासका लागि सरकार सकारात्मक रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको समस्याबारे सरकारले अध्ययन गरिरहेको र चाँडै निकास निकाल्ने बताउनुभयो । प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले प्रतिष्ठान सुधारमा सरकार लागि परेको बताउनुभयो । उहाँले धरानलाई शिक्षा र स्वास्थ्यको ‘हब’ बनाइने बताउनुभयो ।

नेपाली काँग्रेसको सभापतिसमेत रहनुभएका उहाँले पार्टीलाई एक ढिक्का बनाउन आवश्यक रहेको बताउनुभयो । पार्टीका नेता तथा कार्यकर्ता एक भएर अगाडि बढेमा मात्र पार्टीमा एकता कायम हुने उहाँको भनाइ थियो । रासस