६ जेष्ठ २०८१, आईतवार

सानेपामा अन्तिम कांग्रेस केन्द्रीय समितिकाे बैठकः महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित

congress 1 1639040313

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ ।

सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिकाे अन्तिम बैठकले शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई पारित गरेको नेता महेन्द्र यादवले जानकारी दिए ।

सो बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले बहिस्कार गरेका थिए । संस्थापन इतर समूहबाट सभापतिमा आकांक्षी रहेका तीनै नेता आफ्नो समूहमा सहमति जुटाउन नसकेर तनावमा रहेका बेला बैठकमा पनि सहभागी नभएका हुन् ।

काठमाडौंकाे भृकुटिमण्डपमा शुक्रबारबाट कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदै छ ।