१५ चैत्र २०८०, बिहीबार

हरेकदिन काठमाडाैं उपत्यकाका २३ केन्द्रबाट १८ वर्षमाथिका सबैलाई काेराेनाविरूद्धकाे खाेप लगाइने

16254622971625462297
फाइल फोटो

उपत्यकाका २३ खाेप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको पहिलो खोप लगाइने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरमा १८ वर्षमाथिका सबै नागरिकलाई हरेकदिन कोभिशिल्ड, भेरोसेल र एस्ट्राजेनेकाकोे खोप लगाउन लागेको हो ।

मन्त्राालयका अनुसार काठमाडौं जिल्लामा सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महराजगञ्ज, वीर अस्पताल महाबौद्ध र वयोधा अस्पताल बल्खुमा खोप केन्द्र तोकिएको छ ।

यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार प्रसूतीगृह तथा स्त्री रोग अस्पताल थापाथली, निजामती कर्मचारी अस्पताल मिनभवन र एपेक्स पोलीक्लिनिक जडीबुटीमा बिदाको दिनबाहेक हरेक दिन बिहान १० बजेदेखि ३ बजेसम्म खोप दिइन लागेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, ललितपुरमा ललितपुर महानगरपालिकामा पाटन अस्पताल, छवा–बहाल जनस्वास्थ्य शाखा र सैंबु स्वास्थ्य चौकीमा कोरोनाविरुद्धको खोप लगाइँदै छ । साथै महालक्ष्मी नगपालिकामा लुभु प्राथमिक स्वास्थ्य केन्द्र, इमाडोल स्वास्थ्य चौकी रर गोदावरी नगरपालिकामा बज्रबाराही चापागाउँ अस्पताल, बडेगाउँ प्रथमिक स्वास्थ्य केन्द्र र लेल प्रथमिक स्वास्थय केन्द्र साथै बागमती गाउँपालिकामा भट्टेडाँडा स्वास्थ्य चौकी, कोन्जोसोम गाउँपालिकामा चौघरे स्वास्थ्य चौकी र महांकाल गाउँपालिकामा गोटिखेल स्वास्थ्य चौकीमा कोरोनाविरुद्धको खोप लगाइँदै छ ।

यसैगरी, भक्तपुरमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमीमा बुधबार र शुक्रबार बिहान ११ बजेदेखि ३ बजेसम्म र ख्वप अस्पताल च्यामसिंह भक्तपुरमा बिदाको दिनबाहेक प्रत्येक दिन विहान १० बजेदेखि दिउँसो १ बजेसम्म खोप लगाइने मन्त्रालयले जनाएको छ ।