१४ बैशाख २०८१, शुक्रबार

‘अदालतबाट पीडित पार्टी हो एमाले’: ज्ञवाली

pradip gyawali
फाइल फोटो

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले सर्वोच्च अदालतबाट पीडित पार्टी रहेको बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले एमाले न्यायलयबाट पीडित पार्टी भएको बताएका हुन् ।

सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको टिप्पणी गर्दै उनले व्यक्ति केन्द्रीत आन्दोलनले न्यायालय सुधार नगर्ने पनि बताए । ‘हाम्रो पार्टी न्ययालयबाट पीडित पार्टी हो’, ज्ञवालीको भनाइ छ । उनले अदालतभित्रको विवाद न्ययाधीशबीचका दुई गुटको झगडा जस्तो भएको टिप्पणी गरे ।

उनले नेकपा एमाले स्वतन्त्र र सक्षम न्यायालयको पक्षमा पक्षमा रहेको भन्दै न्यायलले स्वच्छ न्याय सम्पादन गर्नुपर्छ भन्ने मान्यताबाट एमाले विचलित नभएको दावी समेत गरे ।

उनले न्यायलयमा हुने जुनसुकै विकृति र विसंगतिको विरोधमा एमालेको समर्थन रहने भएपनि आज भएको आन्दोलन न्यायालय सुधारमा अन्तरनिहित नभएको बताए । उनले एकजना व्यक्ति हटाएर र अर्कोलाई राखेर न्यायलयमा सुधार नहुने भन्दै साउन २८ को सर्वोच्चको फैसला नै विवादको जड भएको बताए । यस्तै नेता ज्ञवालीले आगामी मंसिर २८ गतेबाट सुरु हुने भनिएको संसद बैठक अहिलेकै अवस्थामा चल्न नसक्ने बताए ।