
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दुई जना नयाँ केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएकाे छ ।
बालकोटस्थित आफ्नै निवासमा ओलीले केन्द्रीय सदस्यद्वय कुन्दन कुश्वाहा र महमद समीरलाई पद तथा गोपनीयताको शपथ गराउनुभएकाे हाे ।
गत साेमवार बसेको केन्द्रीय समितिको बैठकले कुश्वाहा र समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । बालकाेटमा सम्पन्न शपथग्रहण कार्यक्रममा अध्यक्ष ओली, केन्द्रीय पदाधिकारीहरूकाे उपस्थित रहेकाे थियाे ।