
मन्त्रिपरिषदको बैठकले चालू संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
आज (बिहीवार) बसेको मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्न लागेकाे बालुवाटार स्राेतले बताएकाे छ।
गत भदौ २३ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको नवौँ अधिवेशनमा भएकाे सबै बैठक नेकपा एमालेले अवरोध गरेको थियो ।