१८ बैशाख २०८१, मंगलवार

लोसपा मजबुत छ : महन्त ठाकुर

mahantha

नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी भन्दा आफ्नो पार्टी मजबुत रहेको दावी गरेका छन् ।

बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ठाकुरले आफु जसपा भन्दा बलियो रहेको दाबी गरेका छन । अध्यक्ष ठाकुरले, आब निरन्तर पार्टि बिस्तार गर्ने तिर लागीपरेको र सदस्य संख्या विस्तार गरि अधिबेषण तर्फ आफुहरुको ध्यान रहेको बताउनुभयो ।

जसपा विभाजन पश्चात नयाँ दल रोज्नका लागि जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु जिल्ला निर्वाचन कार्यालयमा गई सनाखत गरिरहेको समयमा लोसपाका अध्यक्ष ठाकुर, वरिष्ठ नेता शरतसिंह भण्डारी र राजेन्द्र महतोको जनकपुरधाम आगमनलाई महत्वका साथ हेरिएको छ ।