
सरकारले प्रदेश २ का प्रमुख डा.राजेश झा अहिराजलाई हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अहिराजलाई प्रदेश २ प्रमुखको जिम्मेवारीबाट पदमुक्त गरेको हो ।
डा. झालाई हटाएर उनको स्थानमा सरकारले हरिशंकर मिश्रलाई नियुक्त गरेको छ। मिश्र बीपी कोइराला नेतृत्वको सरकारका उद्योगमन्त्री रामनारायण मिश्रका छोरा हुन् । मिश्र एक पटक सांसदसमेत भइसकेका छन् ।
यसअघि झालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले गत २०७७ फागुन ७ गते प्रदेश २ को प्रमुखमा नियुक्त गरेको थियो ।
२०३६ साल जेठमा रौतहटको संग्रामपुरका जन्मिएका राजेश मधेश मामिलाका जानकार हुन् ।