१६ चैत्र २०८०, शुक्रबार

भदौ १ गते बागमती प्रदेशसभा बैठक बस्ने

Bagmati pardesh sabs

बागमती प्रदेशसभाको बैठक भदौ १ गते मंगलबार बस्ने भएको छ । बैठक मंगलबार अपरान्ह बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए ।

उनका अनुसार बैठकका लागि आज अपरान्ह ४ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।

यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए । सो बैठकमा उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित गरिएको थियो ।