१२ बैशाख २०८१, बुधबार

राज्यको कुनै सुविधा नलिने निवर्तमान प्रदेश प्रमुख अहिराजको घोषणा

SaCwSG2BDbTW6Bp10NA7

प्रदेश नम्बर २ का निवर्तमान प्रदेश प्रमुख राजेश अहिराजले पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणा गर्नु भएको छ । उहाँले आफू पदमुत्त भए संगै राज्यले प्रदान गर्ने सेवा सुविधा आफुले नलिने घोषण गर्नु भएको हो ।

अहिराजले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने घोषणा पनि गर्नु भएको छ । उहाँले देशमा शान्ति सुरक्षाको अवस्था गम्भीर रहेको र आफुनोे निजी सुरक्षाभन्दा पनि जनताको सुरक्षा प्राथमिकतामा रहेकोले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी फिर्ता पठाउने घोषणा गर्नु भएको हो ।

उहाँले प्रदेश–२ का आठवटै जिल्लाको अवलोकन, भ्रमण र जनताको बीचमा गई प्रदेश प्रमुखको भूमिकामा अवस्था र व्यवस्था नजिकबाट बुझ्ने मौका पाएको बताउनु भएको छ ।

देशभक्तिको सवालमा प्रदेश २ बलियो रहेको र जनघनत्वको आधारमा भौगोलिक समावेशीकरण र संरचनागत रङ्गभेदको सवालमा प्रदेश सरकार बेलैमा गम्भीर हुन जरुरी देखिएको उहाँको भनाइ छ ।

उहाँले निजामती कर्मचारीहरूको कार्यशैली र क्षमतामाथि अविश्वास गर्नुपर्ने कुनै पनि कारण नरहेकोल निजी सचिवालय नराखेको बताउनु भएको छ ।

नेपाल सरकारको मन्त्रिपरिषद्को २०७७ फागुन ७ गते शुक्रबारको निर्णयबाट अहिराज प्रदेश नं. २ को प्रदेश प्रमुखको रूपमा नियुक्त हुनु भएको थियो । उहाँ प्रदेश प्रमुखका रूपमा १८० दिन अर्थात् ५ महिना २४ दिन रहनु भयो ।