१६ चैत्र २०८०, शुक्रबार

अछाममा रुखबाट खसेर दुईको निधन

Death in fall

घाँस काट्ने क्रममा खसेर रामारोशन गाउँपालिकामा दुई जनाको ज्यान गएको छ । रामारोशन गाउँपालिका–४ बाटुलासेन निवासी १७ वर्षीया लक्ष्मी विकको ज्यान गएको हो ।

सोमबार दिउसो घाँस काट्न गएकी लक्ष्मी मंगलबार बिहानसम्म घर नआएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेकी आफन्तले जानकारी दिएका छन् ।

सोही नगरपालिका– मैठामाण्डुका ६५ वर्षीय जोगी बटालाको घाँस काट्ने क्रममा रुखबाट खसेर निधन भएको स्थानीय जोसिला साउँदको भनाइ छ । सालिमकोट भन्ने स्थानमा भैसीलाई घाँस काट्न गएका बेलामा मृत्यु भएको बताइएको छ ।

ग्रामीण भेगमा प्रायः गाइवस्तु चराउन जाँदा र घाँस काट्ने क्रममा भीर र रुखबाट खसेर निधन हुने गरेको छ ।