
फाइल फोटो
जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुमारा भट्टराईले एमालेको अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको गल्तीको क्षमायाचना नगरेर उल्टै ठूलो स्वर गरेको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वटरमा लेख्दै यस्तो बताएको हो ।
उनले लेखेका छन्, ‘भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो । पटकपटक संविधानको उल्लंघन,संसदको हत्या,अध्यादेशको राज,भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचना । उल्टै जो चोर उसको ठुलो स्वर ।’
उनले आफूले स्कुलकमा पढेको कविता याद आयो भन्दै दवैले सबैको औषधि बनाएको तर मूर्ख नबनाएको बताए । उनले लेखेका छन्, ‘सबको औषधि दैवले रचिदियो बिर्सेछ कि मूर्खको ।’ ओलीले आज संसदमा प्रतिपक्ष नेताको हैसियतमा पहिलो पटक सम्बोधन गरेका थिए ।
