७ बैशाख २०८१, शुक्रबार

एकैदिन ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण, थप ३५ जनाको निधन

corona insurance

नेपालमा पछिल्लो २४ घण्टामा एकैदिन ४ हजार ९०४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १३ हजार २१७ नमूना पिसिआर परीक्षण गर्दा ३ हजार १९४ मा संक्रमण देखिएको हो ।

यस्तै एन्टिजेन विधिबाट ५ हजार ९०६ मा परीक्षण गर्दा १७१० मा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुल १९ हजार १२३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।

थप ३५ जनाको संक्रमणका कारण निधन भएको मन्त्रालयले जनाएको छ । योसहित निधन हुनेको संख्या १० हजार १५० पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ११५ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ७३ हजार १ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।