१६ चैत्र २०८०, शुक्रबार

ओलीको टाङमुनि छिर्ने छैनौं : माधव नेपाल

madhav nepal 1 1

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू कसैको टाङमुनि नछिर्ने बताएका छन् ।

हालै एमबीबीएसको प्रवेश परीक्षामा सामुदायिक स्कूलबाट पहिलो नम्बरमा नाम निकाल्न सफल आशिक झालाई बधाई दिने कार्यक्रममा नेता नेपालले यस्तो बताएका हन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलक्षित टिप्पणी गर्दै उनले भने, ‘हामी दृढताका साथ अगाडि बढ्नेछौं । कसैको टाङमुनि छिर्ने छैनौं । तानाशाही प्रवृत्तिसँग झुक्ने छैनौं ।’

यस्तै नेता नेपालले कर्णाली प्रदेश सभा सदस्यबाट पद गुमाएका नेताहरुलाई फेरि चुनाव जिताएर ल्याउने बताएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ‘शाहस र बहादुरी देखाएका’ नेताहरुलाई फेरि चुनाव जितेर ल्याउने बताए ।

‘कर्णालीका साथीहरुले बहादुरी देखाउनु भयो, कायरता देखाउनु भएन’, नेपालले भने, ‘उहाँहरुले जितेको पद खोसिएको छ, अब पार्टी सदस्यता पनि खोसियो भने, त्यहाँ फेरि चुनाव भयो भने उहाँहरुलाई जिताएर ल्याउने जिम्मा मेरो भयो।’