२७ श्रावण २०७९, शुक्रबार

थपिएको निषेधाज्ञा थप कडा, के गर्न पाइन्छ, के पाईंदैन ?

lockdown 11
फाइल फोटो

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप भएको छ । आज बसेको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कडाई गर्दै निषेधाज्ञा थप गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा आगामी बिहीबार बेलुकी ८ बजेदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बेठकले भदौ ८ गतेसम्म जारी रहने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

बैठकले उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

बैठकले कुल स्वीकृति सिट क्षमताभन्दा बढी यात्रु नराख्ने र सबै यात्रुहरुले अनिवार्यरुपमा मास्क लगाउने तथा मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ, ‘चालक र सहचालकले अनिवार्य मास्क र माइजर र पञ्जा लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने ।’

त्यस्तै निषेधाज्ञाको समय आगामी भदौ ८ गतेसम्म थप गरिएको छ भने अन्य प्रावधान पहिलेकोलाई नै निरन्तरता दिइएको आदेशमा उल्लेख गरिएको छ ।

1
2
3