‘चपलि हाइट ३’को टिजरमा यस्तो देखियो
चैत्र २८ बाट प्रर्दशनमा आउन लागेको फिल्म ‘चपलि हाइट ३’ को टिजर सार्वजनिक गरिएको छ।
निकेश खडकाको निर्देशनमा बनेको फिल्मको टिजरमा थ्रिलर तथा सस्पेन्सलाइ देखाइएको छ । चैतको २८ बाट प्रदर्शनमा आउने यस फिल्मको पहिले सार्वजनिक भएको चार आनाको मसला बोलको गीतले चर्चा पाइसकेपश्चात निर्माण टिमले टिजर सार्वजनिक गरेको हो ।
अर्जुन कुमार फिल्मस प्रोडक्सन प्रा लि को ब्यानरमा बनेको फिल्मको निर्माता अर्जुन कुमार डिओपिमा पुरुषोसतम प्रधान सम्पादनमा दिर्घ खडका र कथा लेखन आकाश बरालको रहेको छ ।
फिल्ममा आमिर गौतम, स्वस्तिमा खडका ,सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिक मान श्रेष्ठ अर्पण थापा दिपाश्री निरौला लक्ष्मि बर्देवा लोकेन्द्र लेखक जिबन भट्टराइ बिशाल पहारी लगायत कलाकारहरुको अभिनय रहेको छ ।