६ बैशाख २०८१, बिहीबार

‘चार आनाको मसला’ राम्रो बनाउनेलाई चपलि हाइट ३ ले बैँकक घुमाउने

chapali height 3

नेपाली फिल्मको प्रदर्शन अगाडि फिल्मको प्रचारलाइ निर्माण टिमले बिभिन्न तरिकाले अपनाउने गरेको पाइन्छ ।

यस्तैमध्येका चैत २८ बाट प्रदर्शनमा आउने फिल्म चपलि हाइट ३ ले पनि आफ्नो प्रचारको नया शैलि अपनाएका छन । यसको लागि केहि दिन अगाडि सार्वजनिक भएको फिल्ममा समाबेश भएको गीत चार आनाको मसला को बोलको गीतलाइ टिकटक बनाउनुपर्ने र त्यी मध्ये सबैभन्दा बढि भिवर्स आउने एकजनालाई बैँकक घुमाउने कुरा फिल्मका निर्माता अर्जुन कुमारले बताएका छन ।

यस प्रतियोगिताले फिल्मको प्रचारका गतिल्लो सहयोग पुग्ने पनि देखिन्छ । निकेश खडकाको निर्देशनमा बनेको फिल्म थ्रिलर तथा सस्पेन्स जनरको रहेको छ ।

फिल्ममा आमिर गौतम स्वस्तिमा खडका सुपुस्पा भट्ट महेश त्रिपाठि प्रतिकमान श्रेष्ठ अर्पण थापा, दिपा श्री निरौला ,लक्ष्मि बर्देवा ,लोकेन्द्र लेखक, बिशाल पहारी जिवन भट्टराइ ,सुस्मा निरौला लगायतको अभिनय रहेको छ ।

अर्जुन कुमार फिल्मस प्रोडक्सन प्रा लि को ब्यानरमा बनेको फिल्मको डिओपिमा पुरुषोसतम प्रधान सम्पादनमा दिर्घ खडका र कथा लेखन आकाश बरालको रहेको छ ।