१४ बैशाख २०८१, शुक्रबार

फिल्मको छायाँकन रोक्न चलचित्र निर्माता सँघको आग्रह – बिज्ञप्तिसहित

roj rana

चिनबाट सँक्रमणको रुपमा फैलिएको कोरोना भाइरसको कारण बिश्वको ७० भन्दा बढि देशमा त्रास फैलिसकेको छ भने बिश्व स्वास्थ सँगठनले नेपाललाइ पनि उच्च जोखिमको रुपमा हेरेको छ ।

साथै कोरोनाको कारण बिश्व फिल्म बजारमा समेत असर परेको छ । बिश्वको धेरै देशहरुमा फिल्म हल बन्द गरिएको छ भने ठुला ब्यानरका हलिउड फिल्महरुले समेत आफ्नो रिलिज मिति सारिरहेका छन ।

यस्तैमा नेपालमा पनि यस भाइरसबाट सतर्कता अपनाउनका लागि चलचित्र निर्माता सँघले एक बिज्ञप्ति जारी गर्दे हाल छायाँकन भइरहेको फिल्महरुको छायाँकन रोक्न आग्रह गरेका छन । कोरोना न्युनिकरणको लागि सम्भब भएसम्म राज्यबाट अर्को सुचना जारी नभएसम्म बिज्ञप्तिमार्फत फिल्मको छायाँकन रोक्न आग्रह गरिएको हो ।

निर्माता सँघका महासचिब रोज राणद्धारा जारी उक्त बिज्ञप्तिमा कोरोना भाइरसबाट बच्नका लागि सबैले सतर्कता अपनाउन आग्रह समेत गरिएको छ । अहिले कमै मात्रामा फिल्मको छायाँकन भइरहेको छ जसमा ए मेरो हजुर ४, परदेशी २ लगायत रहेका छन । केहि फिल्महरु छायाँकनमा जाने तयारीमा रहेका छन ।

निर्माता सँघबाट यस्तो बिज्ञप्ति जारी हुदा छायाँकन भइरहेको फिल्महरुलाई घाटा हुने देखिन्छ । भने छायाँकनको तयारीमा रहेको फिलमहरुलाई समेत असर पुग्ने देखिन्छ ।

Screenshot 1