१३ बैशाख २०८१, बिहीबार

फिल्म ‘चपली हाइट ३’ डिसेम्बर १७ बाट रिलिज हुने

chapaliheight 3 poster 122045514

फिल्म ‘चपली हाइट ३’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । निर्माता अर्जुन कुमारका अनुसार, यो चलचित्र पौष २ गते अर्थात डिसेम्बर १७ तारिखबाट रिलिज हुनेछ । यो चलचित्रले आफ्नो प्रदर्शन मिति यस अगाडि वि।सं २०७६ साल चैत्र २७ गतेलाई तोकेको थियो । तर, कोरोना महामारीका कारण लकडाउन भएपछि चलचित्र रिलिज हुन सकेन ।

चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । सस्पेन्स, थ्रिलर कथामा निर्माण भएको यो चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको टिजर हलमा बज्न सुरु भएको र ट्रेलर एक सातामा सार्वजनिक गर्ने अर्जुनले बताए । चलचित्र ‘चपली हाइट ३’का अघिल्ला २ सिरिजले व्यापारिक रुपमा सफलता पाएको थियो ।