
फाइल फोटो
ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री पम्फा भुसालले विद्युत् महसुल दर घटाउन उत्पादनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा मन्त्री भुसालले विद्युत् उत्पादन बढाएर जनतालाई सहुलियत दिने गरी मन्त्रालयले काम गर्ने बताउनुभयो । हरेकका घरमा ऊर्जाको पहुँच पुर्याउन आफु युद्ध स्तरमा लाग्ने बताउनुहुँदै कर्मचारीको मन्त्री भुसालले कर्मचारीको कार्यसम्पादनसँग जोडेर विद्युत् महसुलको बक्यौता उठाउन निर्देशन दिइसकेको जानकारी दिनुभयो ।
उहाँले ऊर्जा र सिँचाइ क्षेत्र विकासको प्रारम्भिक पूर्वाधार भएकाले विद्युत् उत्पादनको रणनीति तयार गरी उपभोक्तालाई विशेष सहुलियत दिनुपर्छ भन्नेमा आफ्नो दृष्टिकोण रहेको पनि स्पष्ट पार्नुभयो ।