कोरोना भाइरस त्रास्: सिड्नी वासिले टोइलेट पेपर र पास्ता जम्मा गर्न थाले
कोरोनाभाइरसको प्रकोप पछिको आतंक को कारण अस्ट्रेलियामा ग्राहकहरूको किनमेलले सुपरमार्केटको शेल्फ लगभग खाली भएको छ। सोशल मिडियामा पोस्ट गरिएका भिडियोहरूका अनुसार सिड्नीमा एक्दमै छिटो टोइलेट पेपर सकिएको देखाइएको छ ।
एउटा भिडियोका अनुसार, सिड्नीको वूलवर्थ्सको एक सुपरमार्केट स्टोरमा टोइलेट पेपरको स्टक मात्र ९० सेकेन्डमै सकियो। त्यस्तै सिड्नी मोर्निंग हेराल्डले रिपोर्ट गरे अनुसार प्याकेज गरिएको स्नैक्स, पास्ता, चामल र डिब्बाबंद सामानहरू अत्याधिक मागमा छन्।
कोल्स र वूलवर्थ्स सुपर मार्केट्का अनुसार शिल्बन्द खाध्य वस्तुहरु र जीवाणुरोधी हात-धुने र हात सेनिटाइजर उत्पादनहरू अत्याधिक मागमा छन् । यसकारण वूलवर्थ्स सुपर मार्केट्ले टोइलेट पेपर खरीदमा सीमा कायम गरेको जनाइएको छ ।