१३ बैशाख २०८१, बिहीबार

नेपाल घुमेर फर्किएका एक स्पेनी नागरिकको कोरोना भाइरसको कारण निधन

spain corona virus

स्पेनले कोरोनाभाइरसबाट पहिलो निधनको पुष्टि गरेको छ। भ्यालेन्सियाका स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोना भाइरस को कारण फेब्रुअरी १३ मा शहरको अस्पतालमा एक व्यक्तिको निधन भएको हो।

यसअघी यसलाई एक अज्ञात प्रकार को निमोनिया को रुपमा राखिएको थियो । त्यसपछी को बिस्तृत अध्ययनले, नेपाल यात्रा गरेका उक्त व्यक्तिको निधनको कारण कोरोना भाइरस रहेको फेला परेको थियो ।

स्पेनमा अहिले कोरोनाभाइरसका १६५ घटनाहरू छन्, जसमध्ये ४६ म्याड्रिडमा छन्। ति बिरामीहरु मध्ये सातजना आई सि यु मा उपचाररत छन्।

एजेन्सी