१८ बैशाख २०८१, मंगलवार

प्रतिनिधिसभा बैठक आज ४ बजे बस्दै

house

प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आजबाट सुरु हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्‌न ४ बजेका संघीय संसद्का दुवै सदनको बैठक आह्वान गर्नुभएको हो ।

सर्वोच्च अदालतको संवंधानिक इजलासले असार २७ गते प्रतिनिधिसभा विघटनविरुद्द परेको रिटमा निवेदककै पक्षमा फैसला सुनाउँदै एक साताभित्र संसद बैठक बोलाउन परमादेश दिएको थियो ।

आजको बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने, सदस्यहरुको सभामुखले मनोनयन गर्नेलगायत सम्भावित कार्यसूची छ ।