१८ बैशाख २०८१, मंगलवार

अलन्सोको गोलमा चेल्सीको बराबरी

bournemouth chelsea 2

खेलको ८५औ मिनट्मा मार्काेस अलन्सोले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी हारबाट जोगिएको छ ।

खेलको ३३औं मिनेमा अलन्सोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको चेल्सीले दोस्रो हाफमा चार मिनेटको अन्तरमा दुई गोल खाएपछि खेलमा २–१ ले पछि परेको थियो ।

खेलको ५४औं ५७औं मिनेटमा लेर्मा र जोसुआ किङले गोल गर्दै बर्नमाउथलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो ।

bournemouth chelsea 3

बराबरीसँगै चेल्सीले तेस्रो स्थानको लेस्टर सिटीसँगको अंक दुरी छोट्याउने मौका गुमाएको छ । चेल्सीको २८ खेलबाट ४५ अंक छ । बर्नमाउथ २७ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।