१३ बैशाख २०८१, बिहीबार

काेराेना नियन्त्रणका लागि उच्चस्तरीय समन्वय समिति गठन, खाडी मुलुकमा नेपालीलाई सतर्क रहन आग्रह

Pm office nepal

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस उच्च जोखिममा रहेका मुलुकहरुमा नेपालाई पनि राखेपछि सरकारले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलेको संयोजकत्वमा उच्च स्तरीय समन्वय समिति तथा मुख्य सचिवको संयोजकत्वमा कार्यानवय समिति गठन गरेको छ ।

पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराइका अनुसार समितिले नेपालमा विभिन्न मुलुकबाट आउने हवाइ यात्रु लगायतका देशबाट हुने आवतजावतका गतिविधिलाई नजिकबाट हेर्नुका साथै कोरना भाइरस फैलन सक्ने संभावित क्षेत्रको पहिचान गरी समाधानका उपायबारे सुझाव दिने छ।

समितिमा गृहमन्त्री रामबहादुर थापा बादल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, अर्थ मन्त्री डा. युवराज खतिवडा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, लगायत वाणिज्य, कृषिमन्त्री रहेका छन्।

मन्त्री भट्टराइले काेराेनाको प्रकोप रोकथामका लागि आवश्यक पूर्व तयारी गर्न र विमान स्थलमा आउने यात्रुको एक एक गरी जाँच्न व्यबस्था मिलाउन तथा स्वास्थ्य जाँचमा कडाइ गर्न तथा औषधिको पर्याप्त मात्रमा सञ्चय गर्न निर्देशन दिएका थिए।

मुख्य सचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा सम्बद्ध मन्त्रालयका सचिव, नेपाली सेना र सरोकार निकायका प्रतिनिधि रहने गरी कार्यान्वयन समिति समेत गठन गरिएको जनाइएको छ।

नेपालीसहित आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दोक्रममा देखिएको छ ।

स्थानीय सरकारहरुले आफ्ना नागरिक, आप्रवासी र यात्रुलाई अनिवार्य मास्क लगाउन, भीडभाडमा नजान भनेकाले त्यहीअनुसार सतर्कता अपनाइएको कुवेतस्थित विमानस्थलमा कार्यरत एक नेपालीले बताए । खाडी मुलुकमा कोरोनाको संक्रमण बढ्दो क्रममा देखिएपछि त्यहाँस्थित नेपाली दूतावासहरुले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।