१३ बैशाख २०८१, बिहीबार

अमेरिका–तालिबान सम्झौता, अफगानिस्तानको १८ बर्ष चार महिना लामो युद्धको अन्त्य हुँदै

afghan usa peace

अमेरिका र अफगानिस्तानको धार्मिक कट्टरपन्थी समूह तालिबानबीच शनिबार दीर्घकालीन शान्ति सम्झौता भएको छ । ३० देशका राजदूतलाई साक्षि राखेर कतारको राजधानी दोहामा शान्ति सम्झौता भएको हो ।शान्ती सम्झौता पछि अमेरिकी रक्षा मन्त्री मार्क एस्पर र अफगानिस्तान सरकारको संयुक्त वक्तव्य जारी गरेका छन् । शान्ति सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा १८ वर्ष चार महिना लामो युद्ध अन्त्य हुनेछ ।

अफगानिस्तानबाट आगामी १४ महिना भित्र विदेशी सेना फिर्ता हुने घोषणा गरिएको छ। शनिबार काबुलमा अफगान राष्ट्रपति अर्शरफ घानीले अमेरिकी रक्षामन्त्री मार्क इस्पर र नेटो का महासचिब जर्नेल स्टोलेनबर्गको उपस्थितिमा अमेरिकी तथा अन्य विदेशी सेनाको फिर्ताको घोषणा गरेका छन्।

उनले अब अफगानिस्तानमा शान्ति बाहाली हुने विश्वाससमेत व्यक्त गरेका छन्। उनले अफगान वारको विधिवत अन्त्य भएकोसमेत जनाएका छन्।

अमेरिकी राष्ट्रपति कार्यलयले सम्झौता सम्बन्धमा राष्ट्रपति ट्रम्पले सार्वजनिक गरेको धारणा अनुसार ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा शान्ति सम्झौतापछि अमेरिका सैनिकको अफगानिस्तानबाट फिर्तीको मार्ग प्रशस्त हुने भनिएको छ ।

‘यदि अफगानी र तालिबान सरकार यो सम्झौताका बुदाप्रति प्रतिबद्ध देखिए भने अफगानिस्तानको युद्ध अन्त्य हुने र अमेरिकी सैनिक फिर्ता हुने बाटो खुल्नेछ । ’ ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा ट्रम्पले भनेका छन् ।