२१ बैशाख २०८२, आईतवार

नेपाली कांग्रेसले तोक्यो १३ केन्द्रीय विभागका प्रमुख (नामावलीसहित)

Sher Bahadur Deuba

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गरेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुरले पार्टीका ४७ विभागमध्ये १३ वटा जिम्मेवारी तोकेका छन्। गत पुसमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले विभागलाई २८ बाट ४७ पुर्‍याउने निर्णय गरेको थियो। अधिकांश विभागको नेतृत्व देउवा निकट केन्द्रीय सदस्यहरुले पाएका छन्।

पार्टीकाे सबैभन्दा महत्वपूर्ण मानिने संगठन विभागको जिम्मेवारी गोपालमान श्रेष्ठले पाएका छन्। श्रेष्ठ सभापति देउवाका विश्वासपात्र हुन्। प्रचार विभागको जिम्मेवारी प्रवक्ता विश्वप्रकाश शर्मालाई दिएका छन्।

पार्टीका आउँदो १४ औं महाधिवेशनलाई लक्षित गरी देउवाले आफूनिकट नेताहरुलाई महत्वपूर्ण विभागको जिम्मेवारी दिएका हुन्।

त्यस्तै देउवाले तत्कालीन फोरम लोकतान्त्रिकबाट आएका नेताहरु आमन्त्रित केन्द्रीय सदस्यका रुपमा नियुक्त पनि गरेका छन्। पौडेलका अनुसार कृष्णकिशोर घिमिरे, गोपालकुमार बस्नेत, सुधीरकुमार शिवाकोटी, मनोहरनारायण श्रेष्ठ र ध्रुव वाग्ललाई मनोनयन गरेका छन्।

कुन विभागको नेतृत्व कसले पाए?

१ गोपालमान श्रेष्ठ संगठन विभाग

२ रमेश रिजाल संघीय मामिला तथा प्रदेश समन्वय विभाग

३ फरमूल्लाह मन्सुर मुस्लिम विभाग

४ अर्जुनप्रसाद जोशी स्थानीय तह समन्वय विभाग

५ आनन्दप्रसाद ढुंगाना वित्तिय तथा सहकारी संस्था समन्वय विभाग

६ अजयकुमार चौरसिया तराई–मधेश समन्वय विभाग

७ महेन्द्र यादव यातायात व्यवसायी समन्वय विभाग

८ शंकर भण्डारी तरुण विभाग

९ सीता गुरुङ आदिवासी जनजाति विभाग

१० गोविन्द भट्टराई नेपाली जनसम्पर्क समिति समन्वय विभाग

११ चिनकाजी श्रेष्ठ उद्योग व्यापार विभाग

१२ विश्वप्रकाश शर्मा (प्रवक्ता-सूचना, संचार तथा प्रचार विभाग)

१३ शिवप्रसाद हुमागाँइ श्रमिक तथा ट्रेड युनियन विभाग