१६ चैत्र २०८०, शुक्रबार

‘लप्पन छप्पन २’ को पोस्टरमा नयाँ कलाकार

lc 2

२०७७ साल बैशाखको १२ बाट प्रदर्शनमा आउने फिल्म लप्पन छप्पन को सिक्वेल ‘लप्पन छप्पन २’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । मुकुन भट्टको निर्देशनमा बनेको फिल्मको पोस्टरमा नयाँ कलाकारहरुलाइ अटाइएको छ ।

सार्वजनिक पोस्टरमा नव अभिनेता सुपर गुरुङ र शक्ति श्रेष्ठ फिचर्ड छन । शक्ति अभिनेता शिब श्रेष्ठका छोरा हुन एक्सन ड्रामामा बनेको फिल्ममा शिब श्रेष्ठ अर्पण थापा सौगात मल्ल अनुपबिक्रम शाहि गोबिन्द शाहि प्रकाश कुवर दिपक क्षेत्री नबिन मानन्दर बिशाल पहारी बिशार भट्ट सरिता गिरी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

यसै फिल्मबाट शक्ति श्रेष्ठ सुपर गुरुङ केरोलिन कोलिण्डा आना ढकाल श्रृजना सिन्हा रन्जित ओन्ता लगायतका कलाकारहरुले डेब्यु गरेका छन ।

गोल्डेन हिल्स पिक्चर्स इपि एजुकेशन अष्ट्रोलिया युइमआइ ग्रुप युरोप र एमयसि मिडियाले सहकार्य गरेको फिल्मको प्रस्तुतकर्तामा खिलेन्द्रराज तिमल्सिना निर्मातामा चिजकुमार श्रेष्ठ प्रकाश कुवर निर्मलकुमार मिश्र सुदिपचन्द्र भक्रेल र सन्तोशचन्द्र भक्रेल कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति शिवाकोटी सह निर्मातामा रानु तिमिला ताराचन्द्र शर्मा र सुरज केसी यस्तै अष्ट्रोलियाको लागि सबिन ज्ञवालि नेपालको लागि समिर खरेल रहेका छन ।

डेन्जरस गेम भनिएको यस फिल्मको एक पोस्टर र टिजर अगाडि नै सार्वजनिक भइसकेको छ । अष्ट्रोलिया युरोप नेपाल लगायतको ठाउमा छायाँकन गरिएको फिल्मको छायाँँकनमा पुरुषोतम प्रधान सम्पादनमा मिलन श्रेष्ठ एक्सनमा हिमाल केसी र निर्देशक भट्टकै र सँगितमा शम्भुजित बास्कोटा राजेन्द्र भट्ट एमआर आरजे दिपक आरजे र बुलेट फ्लोको रहेको छ ।

    सम्बन्धित समाचार...