११ बैशाख २०८१, मंगलवार

‘छक्का पन्जा ४’ २०७७ दशैमा प्रदर्शन

chhakka panja 4

दिपकराज गिरी र उनको समुहले निर्माण गर्दे आइरहेको फिल्म छक्का पन्जा को चौथो सिरिज ‘छक्का पन्जा ४’ निर्माण हुने भएको छ । यसको पुष्टी फिल्मका लेखक तथा कलाकार दिपकराज गिरीले जानकारी गराएका हुन ।

उनले आफ्नो आधिकारीक फेुसबुकमार्फत जानकारी गराएका छन । साथै ‘छक्का पन्जा ४’ को रिलिज मिति पनि दशै जानकारी गराउदै पोस्टर सेयर समेत गरेका छन ।

दिपकले सेयर गरेको पोस्टरमा दिपकसँगै केदार घिमिरे जितु नेपाल र दिपाश्री निरौलालाइ अटाइएको छ । भने क्याप्सनमा हामि चार ‘छक्का पन्जा ४’ फुलपाति २०७७ लेखेका छन । हरेक बर्षको दशैमा प्रदर्शन गर्दे आइरहेको यस टिमको छक्का पन्जाको सिरिजलाइ दिपाश्री निरौलाले निर्देशन गर्दे आइरहेका छन । भने यसको सबै सिरिज सुपरहिट रहेका छन ।

कमेडी जनरमा बन्ने यस फिल्म दशैमा ठुला फिल्महरुको महाभिडन्त नै हुने भएको छ यसअघि नै दशैलाइ ए मेरो हजुर ४, अल्लारे २, पर्देशि २, कबड्डी ४, छडके २, पारस, प्रेमपुञ्ज लगायतको फिल्महरुले रिलिज तय गरिसकेका छन । यी मध्ये ए मेरो हजुर ४ र पर्देशि २ को छायाँकन भइरहेको छ भने अन्यको धमाधम तयारी भइरहेको छ ।



    सम्बन्धित समाचार...