
कञ्चनपुरमा सशस्त्र प्रहरीले झण्डै साढे दुई लाख मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेड क्वाटर शैलेश्वरी कञ्चनपुर तथा मातहत बोर्डर आउट पोष्ट थापाचोकबाट खटिएको सीमा गस्ति टोलिले २ लाख ३९ हजार ४ सय मूल्य बराबरको अवैध सामान बरामद गरेको हो।
निषेधाज्ञा उलङ्घन गरी अवैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको प्लास्टिक, हार्डवेयरका सामान, छाता, बिडी, सुर्ती मोटरसाइकलसहित बरामद गरिएको प्रहरीले बताएको छ।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए।