१२ बैशाख २०८१, बुधबार

रौतहटमा जेठ २६ गतेसम्म निषेधाज्ञा थप

nishedagya 1140x570 1
फाइल फोटो

रौतटहमा जेठ २६ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को निर्णय अनुसार जिल्लामा जेठ २६ गतेसम्म निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको सूचनामा जेठ १९ गतेदेखि २६ गते राति १२ बजेसम्म जिल्लामा निषेधाज्ञा रहने उल्लेख छ । स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सबै निकाय र सेवालाई पनि निषेध गरिएको छ भने एम्बुलेन्स, शव वाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिइने प्रशासनले जनाएको छ ।