१८ बैशाख २०८१, मंगलवार

महोत्तरीका विभिन्न स्थानमा गएराति सात जनाको मृत्यु

death

महोत्तरीका विभिन्न स्थानमा गएराति सातजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टका अनुसार गौशाला नगरपालिका–९ स्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी सोनमा गाउँपालिका–४ बस्ने ४० वर्षीय कपुरी ठाकुरको मृत्यु भएको हो । गौशालाबाट बा३६प४१४५ नंको मोटरसाइकलमा सोनमा जाँदै गर्दा उहाँको मृत्यु भएको हो ।

गएराति नै जिल्लाको बर्दिबास नगरपालिका–१ स्थित अटो ग्यारेजमा काम गर्ने सिरहा मिर्चैयाका २३ वर्षीय मुकिम अन्सारी मृत्यु भएकोे छ । आफ्नै कोठामा पङ्खा चलाउने क्रममा करेन्ट लागेर उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोरोनाबाट पाँचजनाको मृत्यु

कोभिड–१९ सङ्क्रमणबाट गएराति एक महिलासहित पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–५ का ६० वर्षीय पुरुष, ४ का ६८ वर्षीय पुरुष, बर्दिबास–१ का ५१ वर्षीय पुरुष, औरही नगरपालिका–४ का ६८ वर्षीय पुरुष र जलेश्वर नगरपालिका–१ का ५० वर्षीया महिला रहेको जनाइएको छ ।