१३ बैशाख २०८१, बिहीबार

संसद् विघटन र मध्यावधि चुनाव घोषणाविरुद्ध सर्वोच्च अदालत जाँदै विपक्षी गठबन्धन

Supreme Court 43KnAVGEAY

प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धनले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएको छ।

सर्वोच्च अदातलमा रिट निवेदन दर्ता गर्नु अघि विपक्षी गठबन्धनका आआफ्नै संसदीय दलका बैठकपनि सिंहदरबारमा बोलाएका छन् ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका हुन्। हिजो नयाँ वानेश्वरस्थित ससद भवन नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकले नै आज सर्वोच्च अदालत जाने निर्णय गरेको थियो। प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाईँ लड्ने निष्कर्ष निकालेका दलहरुले आज अदालतमा रिट दायर गर्न लागेका हुन्।

राष्ट्रपतिले संविधानको धारा ७६९५० बमोजिम प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी विधिसम्मत नभएको भन्दै खारेज गरेकी थिइन्। लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरिएको थियो।