
इन्डियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट (आईपीएल) को नयाँ सिजन मार्च २९ बाट सुरु हुँदै छ । आईपीएलको उद्घाटन खेलमा साबिक विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आईपीएलले सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो खेल चेन्नाईले मुम्बईको घरेलु मैदानमा वान्खडे स्टेडियममा मार्च २९ मा खेल्नेछ । मार्च २९ बाट सुरु हुने खेलमा लिग चरणको अन्तिम खेल मे १७ मा हुनेछ ।
लिग चरणको खेलपछि शीर्ष ४ टोलीले प्ले अफमा स्थान बनाउने छन् । त्यसपछि शीर्ष र दोस्रो टिमबीचको क्वालिफायर विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टिमले इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । तेस्रो र चौंथो टिमबीच इलिमिनेटर खेल हुनेछ ।
सबै टोलीले १४र१४ खेल खेल्नेछन्। यस सिजनमा ६ दिनमात्र दुई प्रतिस्पर्धा तय भएका छन्। जुन आइतबारका दिनलाई तय गरिएको छ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने अनुबन्धित दिल्ली क्यापिटल्सले मार्च ३० मा घरेलु मैदानमा किंग्स इलाभेन पञ्जावसँग प्रतिस्पर्धा गर्नेछ। सबै खेल नेपाली समयअनुसार बेलुका ७ः४५ देखि सुरु हुने छन्।
यसअघि ४४ दिनसम्म सञ्चालन हुने लिग चरणको प्रतिस्पर्धा यस संस्करणमा ५० दिनसम्म चल्नेछ। अहिले नकआउट चरणको तालिका जारी गरिएको छैन। यसअघि बिसिसिआइका अध्यक्ष सौरभ गांगुलीले आइपिएल सुरु हुनेअघि ८ फ्रेन्चाइज टोलीका खेलाडीबीच अल स्टार प्रतिस्पर्धा हुने घोषणा गरेका थिए। यद्यपि यसको मिति तय गरिएको छैन। एजेन्सी
खेल तालिका :

