
समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’ले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताउनुभएको छ ।
शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँगको कुराकानीमा डा. भट्टराईले तत्कालीन राजा ज्ञानेन्द्रले शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्नका स्व. गिरिजाप्रसाद कोइरालाले आग्रह गरेको बताए ।
उनले भने, ‘सानो कुरालाई बढाइचढाइ गर्ने प्रचण्डको बानी छ । उत्तेजना फैलाउने स्वभाव छ । १२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ । मलाई याद छ । उहाँहरुले शान्तिपूर्ण ढङ्गले र हामीले फौजी ढङ्गले प्रहार गर्ने सहमति भएको थियो । हामीले युद्धविराम भङ्ग गरेर जाने निर्णय गर्दा उहाँ (गिरिजा)ले ‘ठोक्नुपर्यो’ भनेर चाहिँ भन्नुभएको हो ।’
उनले भने, ‘लौन कारवाही अगाडी बढाउनुप-यो उहाँले भनेको हो म पनि साक्षी थिए । एक दुई पटक भनेको कुरालाई युद्धभरी भनेजस्तो गरी प्रस्तुत गर्नुभएन् । नगरपालिका निर्वाचन विथोल्न अलिअलि फौजी कारवाही बढाउनुप-यो भन्नुभएको हो ।’
१२ बुँदे समझदारीमा नै कांग्रेस लगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालिन माओवादी फौजि ढंगले अघि बढ्ने सहमति भएको उहाँले बताउनुभयो ।
‘लौन कारबाहीअगाडि बढाउनुपर्यो भनेर उहाँले भनेको हो म पनि साक्षी थिएँ । एक दुई पटक भनेको कुरालाई युद्धभरी भनेजस्तो गरी प्रस्तुत गर्नुभएन। नगरपालिका निर्वाचन बिथोल्न अलिअलि फौजी कारबाही बढाउनुपर्यो चाहिँ भन्नुभएको हो ।’
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला ज्युँदै हुँदा नभनेको कुरामा केही भन्न नसकिने बताउनुभयो । ‘खोई गिरिजा प्रसाद कोइराला जिउँदै हुँदा प्रचण्डले केही बोल्नुभएन। बितिसकेको व्यक्तिको बारेमा बोलेर हामी कसरी कमेन्ट गर्ने ?’, उनले भने ।
नेकपा अध्यक्ष दाहालले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा जनयुद्धका बेला तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग फोनमा कुराकानी भएको फैजी कारबाही बढाउन आग्रह गरेको बताएका थिए।
प्रचण्डले भनेका थिए , ‘कोइराला र मेरोबीच लगातारजस्तो, झन्डै झन्डै दिनदिनैजस्तो कुराकानी हुन्थ्यो। उहाँले हामीलाई फौजी आक्रमण अझै बढाइदिनुपर्यो, सदरमुकाम हान्नुपर्यो, अझै ठूल्ठूलो हमला गर्नुपर्यो भन्नुहुन्थ्यो। यो बढो विचित्रको थियो। यस्तो संसारमा कमै हुन्छ।’ प्रचण्डका उक्त अभिव्यक्तिप्रति काँग्रेसले आपत्ति जनाएको छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तत्कालीन समयको काँग्रेसको भूमिकाबारे प्रश्न उठाएका छन् ।