१३ बैशाख २०८१, बिहीबार

सम्झना बिर्सना को फस्टलुक पोस्टरसँगै रिलिज मिति तय

samjhana birsana

फिल्म सम्झना बिर्सना को फस्टलुक पोस्टरसँगै रिलिज मिति तय गरिएको छ । फिल्मको पोस्टर प्रेमदिबसको अबसर पारेर सार्वजनिक गरिएको हो । प्रेमकथा जनरमा बनेको यस फिल्मलाइ डेब्यु निर्देशक निमेष प्रधानको लेखन तथा निर्देशन रहेको छ ।

फिल्मको सार्वजनिक फस्टलुक पोस्टरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पुजा शर्मा फिचर्ड छन । अभिनेत्री पुजा घोडामा सवार छन भने उनलाइ आकाशले डोर्यायदै गरेको देखिन्छ । फिल्म आउदो बर्षको ज्येष्ठ २ बाट प्रदर्शन हुने भएको छ ।

दार्जिलिङ सिक्किम र नेपालको जिवन पद्धतिको प्रेमकथामा निर्माण भएको फिल्मको निर्मातामा रेबिका प्रधान र आदित्य प्रधान रहेका छन ।त्यस्तै फिलमको छायाँकनमा शिब ढकाल, सम्पादनमा तारा थापा किम्भे , कोरियोग्राफरमा कमल राई र सम्वाद शिशिर राणा रहेका छन् । युवापुस्तालाइ लक्षित गरेर निर्माण गरिएको फिल्ममा अन्य कलाकारहरुमा सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राणा लगायत कलाकारहरुको हभिनय रहेको छ ।

फिल्म सम्झना बिर्सना आकाश र पुजाको चौथो सहकार्य हो यसअघि यी दुइले रामकहानि , पोइ पर्यो काले र सम्हालिन्छ कहिले मन मा काम गरिसकेका छन । फिल्म राामकहानि र पोइ परयो काले प्रदर्शन भइसकेको छ भने सम्हालिन्छ कहिले मन प्रदर्शनको पर्खाइमा रहेको छ ।