
नेकपा एमाले डा. नेता भीम रावलले सांसद नभएर पनि मन्त्री बन्नेहरूलाई ‘पदलोलुपको संज्ञा दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रबाट आफ्नो पार्टी एमालेमा आएका नेताहरूको सांसद पदसँगै मन्त्री पद गुमिसक्दा पनि फेरि धमाधम मन्त्रीमा पुनर्नियुक्ति गरिरहेका बेला रावलले विरोध जनाएका हुन्।
प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक प्रमाणित हुँदा पनि कुनै दायित्त्व नलिने, पार्टीको विधान, पद्धति र प्रक्रिया मिचेर पार्टी प्रणाली मानेको स्वाङ गर्ने, संसद सदस्य नभएर पनि मन्त्री पदमा टाँसिएका पदलोलुपहरूको झुन्ड बोकेर देशको मर्यादामा आघात गर्ने चरित्र नै आज देशको समस्या हो, डा. रावलले सामाजिक सञ्जाल ट्वीट मार्फत आक्रोश व्यक्त पोखे ।